पौडी खेल्दा बेपत्ता विद्यार्थी भेटिए, श्रद्धान्जलीका लागि वालिङ क्याम्पसमा राखिने
वालिङ १२ साउन ।
शुक्रबार आँधीखोलामा पौडी खेल्दा बेपत्ता विद्यार्थी भेटिएका छन् । वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल शनिबार बायटारी स्थित वालिङ १३ र गल्याङ ८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएका हुन् ।
हरिनास गाँउपालिका ५ वसन्तडाँडा घर भई वालिङ ८ विपिचोकमा बसेर अध्ययन गरिरहेका पोख्रेल शुक्रबार वालिङ ११ अमलेस्थित आँधीखोलामा पौडी खेल्न गएका थिए । पोख्रेलको शव अन्तिम श्रद्धान्जलीका लागी वालिङ बहुमुखी क्याम्पसमा राखिनेछ ।
क्याम्पसले एक सुचना प्रकाशित गर्दै विहान साढे ११ बजे क्याम्पसमा आधा घण्टा अन्तिम श्रद्धान्जलीका लागी राख्ने जनाएको छ । शिव क्याम्पसमा अति जेहेन्दार र अनुशासित विद्यार्थी रहेको क्याम्पस कायम मुकायम प्रमुख युवराज पाठकले जानकारी दिनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment