प्रगतिशील लेखक संघ नेपाल स्याङ्जाको छैटौं जिल्ला अधिवेशन सम्पन्न
माघ १२, वालिङ ।
प्रगतिशील लेखक संघ नेपाल, स्याङ्जाले छैटौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । संघले आफ्नो छैटौं जिल्ला अधिवेशन जिल्लाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल वालिङ ८ स्थित गह्रौंसुरमा आज शनिबार सम्पन्न गरेको हो ।
अधिवेशनले अनन्त अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष अर्यालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
संघको उपाध्यक्ष शम्भु अर्याल, सचिव नाराययण लम्साल र कोषाध्यक्षमा बसन्त खनाल रहेका छन् । यसैगरी सदस्यहरुमा श्यामप्रसाद ढुङ्गाना, कमल बगाले, डिल्ली भण्डारी, प्रकाश न्यौपाने र रेशम गोतामे ‘पराजित’ चयन भएका छन् । योसँगै संघको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्य समिति गठन भएको छ ।
नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले अरु दुईजना सदस्य मनोनित गर्ने अध्यक्ष मण्डलका संयोजक डा. अच्युतशरण अर्यालले जानकारी गराउनुभयो । निर्वाचन मण्डलमा डा. अर्यालको संयोजकत्वमा सदस्यहरु हिमलाल पुरी र मणि पाठक रहेका थिए ।
छैटौं अधिवेशनबाट निवर्तमान अध्यक्ष बन्नुभएका चिन्तु गिरीबाट नवनिर्वाचित अध्यक्ष अर्याललाई माइन्युत हस्तान्तरणसहित कार्यक्रम सम्पन्न गरिएको हो ।
माइन्युट ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्यालले जिल्लामा क्रियाशील कवि, कथाहकार एवम् लेखकहरुलाई विभिन्न कार्यक्रमहरुमा सहभागी गराई प्रगतिशील साहित्यको वृत्तिविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment