प्रतियोगितामा सहभागी विद्यार्थीहरुको लागि बिरुवा गाउँपालिकाद्वारा बीमा
मङ्सिर २०, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा सहभागी विद्यार्थीहरुका लागि बीमा गरिदिएको छ । हिजो १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी विद्यार्थीहरुको १ लाख बराबरको दुर्घटना बीमा गरिएको गाउँ पालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभएको हो । आज बिहिबार दोस्रोदिनको प्रतियोगिताको शुभारम्भ गर्दै अध्यक्ष कुँवरले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको पालिकाले १ लाख बराबरको दुर्घटना बीमा गरिदिएको जानकारी गराउनुभएको हो ।
अध्यक्ष कुँवरले विगतमा कोरोना कहरका समय बाहेक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तररुपमा गर्दै आएको र अहिले छैटौं संस्करणको प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । खेल सञ्चालन गर्दैगर्दा नयाँ अनुभव र सिकाई भएको उहाँको भनाई छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले बाटो खोल्नेहुँदा आगामी दिनमा पनि नियमितरुपमा अगाडि बढाइने प्रतिवद्धता अध्यक्ष कुँवरले व्यक्त गर्नुभयो ।
गाउँपालिकाको वडा नम्वर ८ मा रहेको मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रसतयोगिता–२०८१ गरिएको हो ।
प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका विद्यालयको सहभागिता रहेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु. ३०, २०, १५ र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेलमा विद्यार्थीहरुले उत्साहकासाथ प्रतिस्पर्धा गरेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment