प्रत्रकार माथि आक्रमण भएको विषयमा पत्रकार महासंघ स्याङ्जाको ध्यानार्कषण
चैत्र १६, वालिङ ।
नेपाल पत्रकार महासंघ स्याङ्जाले पत्रकार तथा सञ्चार क्षेत्रमाथि भएको आक्रमणको विषयमा ध्यानाकर्षण जनाएको छ ।
महासंघका अध्यक्ष प्रदिप कोईराला र सचिव हरिप्रसाद सुवेदी (शुसिल) द्वारा जारी प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधिलाई प्रश्रय दिईरहेको समूहले सञ्चार गृह तोडफोडदेखि पत्रकार माथि आक्रमण भएको विषयमा ध्यानाकर्षण जनाएको हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने दुसित मनसायले भएका गतिविधिप्रति महासंघले खेद प्रकट गरेको छ । शुक्रबार काठमाडौँमा भएको आन्दोलनका क्रममा अन्नपुर्ण मिडियाको भवन, हिमालयन टिभिको सवारी तोडफोड गर्ने र कान्तिपुर मिडियाको भवनमा ढुङ्गा हान्ने जस्ता गतिविधिको महासंघले भत्र्सना गरेको छ । प्रेस अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको विरुद्धमा भएका यस्ता गतिविधिको नियन्त्रण र कडा कारबाही हुनुपर्ने महासंघको माग छ ।
आन्दोलनको नाममा सञ्चारकर्मीको हत्या गर्ने प्रेस जगतलाई आतङ्किंत र त्रसित बनाउने गलत गतिविधिलाई स्वीकार्न नसकिने भन्दै विधिको शासनको पालना गर्न तयार भएको पत्रकारिता क्षेत्रमाथि भएको आक्रमण निन्दनीय भएको महासंघको ठहर छ । राजसंस्था पुनस्र्थापनाको माग राख्दै भएको आन्दोलनमा सहभागी अराजक समूहको चपेटामा समाचार संकलनको क्रममा पुगेका सञ्चारकर्मीले जलेर मृत्युवरण गर्नुपरेको घटनाको महासंघले निन्दा गरेको छ ।
शुक्रबार समाचारका लागि भिडियो खिचिरहेका एभिन्युज टिभिका सुरेश रजक आन्दोलनकारीको आगलागीका कारण भवन भित्रै थुनिएर आगोलागीमा परेर मृत्यु भएको थियो । यस्ता अमानवीय घटनाको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले घटनाको सुक्ष्म छानविन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment