प्रथम अकला कप—२०८१ को उपाधि स्याङ्जाको चापाकोटले जित्यो
माघ ९, पाल्पा ।
पाल्पाको रामपुर ७, आमडाँडा सञ्चालित प्रथम अकला कप—२०८१ सम्पन्न भएको छ । आमडाँमा यही ६ गतेदेखि अकला युथ क्लवद्वारा सञ्चालन गरिएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि मोहमी युवा क्लव चापाकोट ६ स्याङ्जाले जितेको छ । लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै मोहमी युवा क्लवले उपाधि हात पारेको हो । यस्तै जेवाईसि युथ क्लबलाई २–० को सोझो सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेको छ । योसंँगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजार नगदसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले टोल टोलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीका लागि भविष्यको मार्गदर्शक भएको बताउनुभयो । साथै खेलले अनुशासनसंँगै सभ्य नागरिक बन्न सघाउ पु¥याउने नगर उप प्रमुख थापाले उल्लेख गर्नुभयो । सीमित स्रोत र साधनका बीच पनि क्लबले खेलकुदलाई उच्च प्राथमिकता दिएकोमा धन्यवाद दिंदै खेलाडीलाई उच्च मनोबलकासाथ खेलमा लाग्न आग्रह गर्नुभयो ।
प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो । माघ ६ गते देखि भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहको सहभागीता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment