प्रथम पिङ्कसिटी महोत्सवको थप आकर्षण बन्यो भलिबल
फागुन २७, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको खेलमैदान यही फागुन २१ देखि प्रथम पिङ्कसिटी महोत्सव—२०८१ चलिरहेको छ । विगतका वर्षदेखि नै वालिङमा सञ्चालन गरिने मेला महोत्सवमा दर्शकहरुको आगमन राम्रो हुने विशेषता छ । यस पटक चेम्वर अफ कमर्श वालिङले आयोजना गरेको पिङ्कसिटी महोत्सवमा पनि सुरुका दिनदेखि नै दर्शकहरुको उल्लेख्य उपस्थिती हुदै आएको छ ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमको साथमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको छ । यसको साथमा युवाहरुकाबीच लोकप्रिय खेल भलिबल प्रतियोगिता थप आकर्षण बनेको छ । प्रतियोगिता महोत्सव सञ्चालनको छैटौं दिन सोमबारदेखि सुरु गरिएको हो । राष्ट्रिय खेलाडीहरुसमेत समावेस गरिएको पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन् । दोस्रो दिन भलिबल प्रतियोगिता पसिरमा बनाइएको प्यारापिट दर्शकहरुले भरिभराउ भएको थियो ।
खुल्ला भलिबल प्रतियोगितामा वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दुई पालिकाहरु बिरुवा र काली गण्डकी गाउँपालिकाका टीमले प्रतिस्पर्धामा उत्रिएका छन् ।
वालिङ नगरपालिका र चापाकोटबीच भएको उद्घाटन खेलमा वालिङले जीतको सुरुवात गरेको थियो । यसैगरी आज प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । लिग सिस्टममा खेलाइएको खेलमा गल्याङ र भीरकोटबीच भएको प्रतिस्पर्धामा गल्याङ नगरपालिकाको टीमले जीत निकालेको छ । यसैगरी कालीगण्डकीलाई हराउँदै बिरुवाले विजययात्रा सुरु गर्दा वालिङले भीरकोटलाई पछि पार्दै दोस्रो जीत निकाल्न सफल भएको छ । आज भएको चौथो खेलमा चापाकोटमाथि जीत निकाल्दै बिरुवा गाउँपालिकाको टीमले पनि विजययात्राको दोस्रो स्टेप अगाडि बढाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी विधागतरुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गनिने आयोजकले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment