प्रथम पिङ्कसिटी महोत्सव वालिङमा सञ्चालित भलिबल प्रतियोगिताको फाइनलमा बिरुवा र गल्याङको भिडन्त हुने
चेत २, वालिङ ।
स्याङ्जाको वालिङमा आयोजित प्रथम पिङ्कसिटी महोत्सवमा सञ्चालित पालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाको भिडन्त हुने भएको छ । आज भएको पहिलो खेलमा गल्याङले भीरकोटमाथि जीत निकाल्दै फाइनलको यात्रा पक्का गरेको हो । गल्याङले भीरकोटमाथि २५—१९, २५—२० र २५—२० गरी तीनसेट निकालेको थियो भने भीरकोटले २६—२४ र १५—१३ गरी दुई सेटमा जीतेको थियो ।
यसैगरी वालिङ र बिरुवाबीच भएको दोस्रो खेलमा बिरुवाले तीनसेट निकाल्दा वालिङले १ सेटमा मात्र जीत निकालेको हो । २६—२४ मा पहिलो सेट निकालेको वालिङलाई बिरुवाले लगातार तीनसेटसहित फाइनलको यात्रा तय गरेको हो । दोस्रोसेट २५—२२, २५—२३ र २५—१७ अङ्कसहित बिरुवाले वालिङलाई स्तव्ध पारेको हो ।
अब महोत्सवको अन्तिम दिन भोलि सोमबार बिरुवा र गल्याङ फाइनलमा भिड्नेछन् भने वालिङ र भीरकोट तेस्रो स्थानका लागि खेल्नेछन् ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी विधागतरुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गनिने आयोजकले जनाएको छ ।
यसैबीच महोत्सवको ११ दिन शनिबार दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । २ हजार सीट क्षेमता रहेको भलिबल परिसरको प्यारापिट दर्शकहरुले खचाखच थियो भने स्टेज कार्यक्रममा पनि भरिभराउ थियो । यस्तै स्टलहरुमा पनि उत्तिकै घुइँचो भएकाले व्यापारीहरुलाई सामान बिक्रि गर्न भ्याइ नभ्याई थियो ।
आज राष्ट्रिय कलाकारहरु बद्रि पङ्गेनीकोसाथमा घनश्याम रिजाल, पछिल्लो समयकि चर्चित शान्तारानी परियार, आशा विसी, सुनिता नेपालीलगायतको प्रस्तुति प्रस्तुतिले निकै रमाइलो गराएको थियो । यसैगरी साँझको समय पप आधुनिक गायक सञ्जिवसिंले युवा दर्शकलाई झुमाएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment