प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१ को तयारी अन्तिम चरणमा
फागुन १६, वालिङ
यही फागुन २१ देखि चैत्र ३ गतेसम्म स्याङ्जाको वालिङमा सञ्चालन हुने ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको तयारीका सम्बन्धमा जानकारी गराउनका लागि आयोजक चेम्बर अफ कमर्श वालिङले महोत्सव स्थल वालिङ खेलमैदानमा आज शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा कमर्शका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले महोत्सवको मिति नजिकिँदै गर्दा तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो ।
पिंक सिटिको अवधारणामा अगाडि बढेको महोत्सवले वालिङ पिंक सिटिको रुपमा विकसित भईरहेको भन्ने सन्देश समेत प्रवाह गर्ने उद्देश्य लिइएको चेम्बरका महासचिव गणेश राउतले बताउनुभयो ।
महोत्सवका लागि स्टल निर्माण तथा बुकिङको काम पनि भैरहेको छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवमा विभिन्न प्रतियोगिताहरुको साथमा बाल उद्यानलगायतका मनोरञ्जनात्मक कार्यक्रहरु र स्थानीय तथा राष्ट्रिय कलाकारहरुका दैनिक प्रस्तुति रहनेछन् ।
महोत्सवमा स्थानीय कृषि प्रदर्शनी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक वृहत अन्तरक्रिया, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रदर्शनी, पालिका स्तरीय भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता गराइने छ । महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी नगर स्तरीय रत्यौलीगीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा वृहत काव्य गोष्ठी स्याङ्जा किड्स डान्स आइडलको साथमा लाइभ कन्सर्टसमेत हुने आयोजकले जनाएको छ ।
महोत्सवको सह आयोजकमा वालिङ नगरपालिका र मुख्य प्रायोजक गरिमा विकास वैंक रहेको छ । यसैगरी प्रवद्र्धकमा एन टिभी र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
२ सय ५० स्टल रहने महोत्सवमा पाँच करोडको कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सबको अवलोकन गर्ने अनुमान अयोजकले गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment