pokhara news

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, नयाँ सरकार गठनको लागि दाबी पेस गर्ने कांग्रेस–एमालेको तयारी

असार २८, स्याङ्जा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उहाँले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि  समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि अल्पमतमा परेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्रीले यस पटक भने विश्वासको मत नपाउने निश्चितजस्तै छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उहाँ पदमुक्त हुनुहुनेछ र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ । माओवादी नेताहरूले विश्वासको मत पाउन नसके नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा (३) को प्रक्रियामा जाने तर्क गर्दै आएका छन् । तर कांग्रेस र एमालेले संविधानको धारा ७६(२) बमोजिमकै सरकार बनाउने पहल गरेका छन् । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर