प्रसिद्ध छाङ्छाङ्दी छायाँक्षेत्रमा उत्साहजनक सहभागितामा भक्तजनहरुले महाशिवरात्री मनाए
फागुन १४, वालिङ ।
आज महाशिवरात्री पर्व, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । यसमध्ये स्याङ्जाको भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्र शिवशक्ति पीठ पनि एक हो । सधैं झैं आज पनि छाङ्छाङ्दी छायाँक्षेत्र शिवशक्ति पीठमा उत्साहजनक सहभागितामा भक्तजनहरुले प्रसिद्ध मन्दिर दर्शनसहित महाशिवरात्री मनाएका छन् ।
सिद्धार्थ राजमार्गसँगै रहेको प्रवेशद्वारदेखि नै दर्शनार्थीहरुको विहानैदेखि घुइचो लागेको थियो । यहाँ दर्शनार्थीहरुका लागि लामवद्ध भएर जाने सरल व्यवस्था, धेरै टाढादेखि आउने, अपाङ्गता भएका, वृद्धवृद्धा एवम् अति आवश्यक भएकाहरुलागि द्रूुतमार्गको सुविधा र पार्किङको व्यवस्था गरिएको थियो । जसले गर्दा दर्शनार्थीहरुका लागि शान्त, अुनुशासित र छिटो छरितो बनाइएको थियो ।
मन्दिर व्यवस्थापनसँगै समितिद्वारा दर्शनका लागि सहज एवम् सरल गराइएकाले पनि भक्तजनहरुको उत्साहजनक सहभागिता रहँदै आएको समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो ।
यहाँ सतिदेवीको शेष अङ्ग पतन भएको श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको र देशभरका शिवशक्ति पीठमध्ये छाङ्छाङ्दी छायाँक्षेत्र पनि एक महत्वपूर्ण तीर्थ भएकाले भक्तजनहरुको उपस्थितिमा वृद्धि हुँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्री पर्वहरुको पनि पर्व हो, सतिदेवीको शेष अङ्ग पतन भएको श्री स्वस्थानी व्रतकथामा उल्लेख छ । छत्रेश्वर देवी, सुकुमोला योगिना र पिशाचेश्वर एवम् शिवलिङ्ग उत्पत्ति भएको र यहाँ अष्ट भैरव तथा काल आदि देवताले तपस्या गरी ईश्वरी प्रसन्न भै मातृका आदि गणको अधिपति भए भनेर वरदान दिएकाले यो अत्यन्त पवित्र र धार्मिक हिसावले महत्वपूर्ण ठाउँ हो ।”
महााशिवरात्री हिन्दुहरुको महान पर्व हो । धेरै टाढा टाढादेखि दर्शनार्थीहरु आएका छन् । रातिको १ बजेदेखि नै दर्शनार्थीहरु आउनु भएको छ । मन्दिरको महत्व र दर्शनका लागि पनि सरल र सहज बनाइएका धेरै भन्दा धेरै दर्शनार्थी आउनुभएको महसुस गराएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment