pokhara news

प्रेस चौतारी नेपालको दशौं महाधिवेशनबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पायो

चैत १२, वालिङ । 
प्रेस चौतारी नेपालको दशौं महाधिवेशन हिजो सोमबार बिराटनगरमा सम्पन्न भएको छ । महाधिलेशनले गणेश पाण्डेको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले पाण्डेको अध्यक्षतामा देशका सातवटै प्रदेश, जिल्ला र भूगोललगायत विभिन्न क्लष्टरमा गरी ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । विभिन्न क्लष्टरमध्येबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पाएको छ । दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत चयन भएको नीति अनुसन्धान आयोगको सदस्यमा स्याङ्जाका मुक्ति न्यौपाने चयन भएका हुन् ।
दशौं महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष र सचिव गरी तीन पदाधिकारीसहित ११ सदस्यीय नीति अनुसन्धान आयोग सर्वसम्मत चयन गरेको हो । 
न्यौपाने विगत दुई दशकदेखि स्याङ्जाको वालिङमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर