pokhara news

फूलबारी सहकारीको १२ औं वार्षिक साधारणसभा

वालिङ–२९, पुस ।
स्याङ्जाको वालिङमा रहेको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले १२ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वालिङ नगरपालिका १० नम्वर वडामा रहेको संस्थाले हिजो सोमबार वालिङ १४ को डुम्रेभञ्ज्याङ सेवाकेन्द्रमा इकाई वार्षिक साधारणसभा गरेको सहकारीले आज मुख्य कार्यालय वालिङमा १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 
साधारण सभाको उद्घाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले देशभरी देखिएको सहकारी संकट वालिङको सहकारीमा पनि देखिएकाले यो संकटको मोचन गर्नका नगरपालिका अगाडि बढ्ने बताउनुभयो । स्थानीय सरकारको हैसियतमा नगरभित्रका सहकारीहरुको नियमन गर्ने संस्था भएकाले संस्थामा देखिएका संकटको मोचन गर्न नगरपालिका लागिपर्ने उहाँको भनाई छ । सहकारीमा कहाँ कुन पक्षबाट समस्या देखिएको हो, त्यस्ता समस्यलाई शुक्ष्म तरिकाले हेरेर नगरपालिका अब अगाडि बढ्ने भन्दै सहकारी नियमन गर्ने विषयमा नगरपालिकाले कुनै सम्झौता नगर्ने प्रमुख खांँणले उल्लेख गर्नुभयो ।  
संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै २०६९ सालमा १५ लाख ७५ हजारको सेयर पँुजीबाट शुरु भएको  सहकारीमा हाल १ हजार ४ सय ४२ सेयर सदस्य र २ करोड ६४ लाख ८० हजार शेयर पुँजी संकलन भएको बताउनुभयो । सहकारीको २५ करोड ९८ लाख ८८ हजार ७ सय ८ निक्षेप रहेको छ भने २८ करोड २६ लाख ७१ हजार ४ सय ८७ रुपैँया कर्जा लगानी गरेको संस्थाका अध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले शेयर सदस्यहरुको सामुहिक लगानीमा कुनै उद्योग, व्यवसाय, कृषि पेशा गर्न चाहेमा त्यस्ता लगानीलाई प्राथमिकता दिने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । शेयर सदस्यहरुको शसक्तिकरणका लागि तालिम तथा प्रशिक्षणको आयोजना गर्दै रेमिटान्सको कारोबारलाई अझ व्यापक बनाउनका थप अरु कम्पनीहरुसंँग सम्झौता गर्नेसमेत सहकारीले जनाएको  छ ।
सहकारीले २५ लाख ५५ हजार खुद मुनाफा गर्न सफल भएको र १२ प्रतिशत मुनाफा वितरण गरिनेसमेत अध्यक्ष पौडेलले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर