pokhara news

फोनिज स्याङ्जाको अध्यक्षमा पुनः गुरुङ

माघ १३, वालिङ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्याङ्जाको अध्यक्षमा पुनः तिलक गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
आज आईतबार सम्पन्न फोनिज स्याङ्जाको दोस्रो अधिवेसनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा संगिता थापा, सचिव धनु गुरुङ र कोषाध्यक्ष अनिशा राना रहनुभएको छ । यसैगरी सदस्यहरुमा ओम गुरुङ, याम सोमइँ, रीमा गुरुङ, रुपा खाम्चा र तुजन गाहा रहनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ, प्रदेश प्रतिनिधिमा कला राना र गोपाल जिटी रहनुभएको छ ।
अधिवेसनको उद्घाटनका अवसरमा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले पत्रकारिता सत्यतथ्य तथा विश्वासिलो हुनुपर्ने बताउनुभयो । पछिल्लो समय बढ्दै गएको प्रविधिको युगमा पत्रकारहरुले आँफूलाई अपग्रेड गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ । विषेशगरी जनजाति समुदाय एवम् सिंगो मुलुकको परिप्रेक्षमा पछिल्लो समय प्लस टु पढेपछि विदेश नै जानुपर्ने टे«न बढिरहेका छ । यस्तो किन भैरहेको छ र युवाहरुमा विदेश मोह किन बढेको छ भन्नेबारेमा पनि पत्रकारिताको माध्यमबाट उजागर गर्न आवश्यक हुन्छ । योसँगै पत्रकारिता पेशालाई पनि व्यवसायिक रुपमा अगाडि बढाएर समाज तथा देशको हरेक विकृति र विसंतिको विपक्षमा पत्रकार उभिनुपर्ने नगर प्रवक्ता गुरुङले व्यक्त गर्नुभयो । हरेक क्षेत्रमा खटेर लाग्ने हो भने जीविकोपार्जनका लागि गाह्रो नभएको भन्दै मुख्य विषय लगाव र मेहेनतमा रहेको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा फोनिज गण्डकी प्रदेशका महासचिव सुमन गुरुङले फोनिजलाई पनि पत्रकार महासंघले समन्वय गरेर अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले फोनिजसंँग हातेमालो गर्दै पत्रकारिताको हकहितमा लाग्न महासंघ प्रतिवद्ध रहेको बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर