बज्रे भञ्ज्याङ माविको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
माघ १६, वालिङ ।
स्याङ्जाको गल्याङ ११ स्थित बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयले मङ्गलबार विविध कार्यक्रमको साथमा ६४ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहसहित मनाएको हो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईले विद्यालयले विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्नु सराहनीय रहेको बताउनुभयो । प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो, यस अन्तर्गत कृषि क्षेत्रमा विद्यार्थीहरुलाई सरिक गराएर समयानुकुल शिक्षामा लागेको उहाँले बताउनुभयो । कृषि हाम्रो मुख्य पेशा हो, कृषि उत्पादनमा लाग्न आवश्यक छ । यसका लागि विद्यालयस्तरबाट सुरु गरिनु महत्वपूर्ण पक्ष हो । त्यसैले कृषि प्राविधिक शिक्षासँगै पढ्दै कमाउँदै गर्दै शैक्षिक वृत्ति विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास गण्डकी प्रदेश सांसद भट्टराईले व्यक्त गर्नुभयो । अङ्ग्रेजी र नेपाली दुबै माध्यमको पढाईसँगै पढ्दै कमाउँदै अन्तर्गत कृषि प्राविधिक शिक्षामा जिल्लामै नमूना बनेको र यसलाई अझ गुणस्तरीय बनाउँदै लैजान उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैह्रेले कक्षा सजावट, बसाई व्यवस्थापन र शैक्षिक सामग्री व्यवस्थित गरी प्रत्येक कोठालाई शैक्षिक सामग्रीले भरिपूर्ण गराउने, अभिभावकको रोजाई अनुकुल कक्षा ६ देखि माथि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सञ्चालन गर्ने भावी योजनासहित विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी कृषि कार्य र व्यवहारिक सीपमूलक ज्ञान प्रदानलाई निरन्तरता दिनका लागि कृषि उद्यम कोर्ष स्थापना गरी सञ्चालन गर्ने, विद्यार्थीहरुको पठनपाठनलाई उत्कृष्ट बनाउन र अध्ययनशील पारिवारिक वातावरण सिर्जना गर्न टोलगतरुपमा अभिभावक शिक्षा प्रदान गर्नेलगायतका भावी योजनाहरु प्रधानाध्यापक गैह्रेले प्रस्तुत गर्नुभएको हो ।
यसकासाथै प्रधानाध्यापक गैह्रेले आर्थिक वर्ष २०८०÷०८१ को १ करोड २२ लाख २३ हजार ८ सय ४३ बराबरको आय व्यय प्रस्तुत गर्नुभयो ।
वार्षिकोत्सव कार्यक्रममा पढ्दै कमाउँदै गरेका विद्यार्थीहरुद्वारा उत्पादन गरिएका काउली बन्दा, सागलगायतका तरकारीहरुको स्टल राखिएको थियो । यसकासाथै शैक्षिक प्रदर्शनी एवम् विद्यार्थीहरुका विभिन्न कला कौशलता प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा आकर्षक नृत्यकासाथै राष्ट्रिय कलाकार बुद्धिसागर बस्याल र श्रीधर अधिकारीलगायतका प्रस्तुतिले निकै रमाइलो गराएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment