बागमतीलाई हराउँदै वालिङको शीर्ष ५ को दौड कायमै
असोज ३, काठमाडौं ।
एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले फ्रि कीकमा हानेको बल पहिलो बारमा लागि रिवाउन्ड हुँदा सोही बललाई उनले किक गर्दै वालिङलाई अग्रता दिलाएकी हुन् । उनै सीसीले खेलको ४० औं मिनेटमा पनि गोल गरिन् ।
पहिलो हाफमा २–०को अग्रता बनाएको वालिङले दोस्रो हाफमा २ गोल ग¥यो । खेलको ५४ औं मिनेटमा सीसीको फ्रि किकमा डी बक्स भित्रबाट रिवाउन्ड आको डिफेन्स बललाई ज्याक्लिन नसालीले गोलमा परिणत गरेकी हुन् ।
उनै ज्याक्लिनले ८३ औं मिनेटमा सुस्मा तामाङले हानेको बललाई बागमतीकी गोलकिपर सुजाता तामाङले बचाउँदा रिवाउन्डमा आएको बललाई नसालीले गोलमा परिणत गरेकी हुन् ।
छैटौं चरणको खेल सकिँदा शीर्ष स्थानमा एपिएफ क्लब रहेको छ । दोस्रो स्थानमा त्रिभुवन आर्मी रहेको छ भने आजको खेल जित्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा कोशी प्रदेश रहेको छ ।
वालिङले ६ खेलमा ४ जित र २ हारसहित १२ अंकसहित चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेपाल पुलिसको पनि समान १२ अंक नै रहेको छ । पुलिस भने ३ जित र ३ बराबरीसहित १२ अंक बटुल्दै तेस्रो स्थानमा छ ।
छैटौं स्थानमा चन्द्रपुर नगरपालिका, सातौंमा संकटा क्लब, आठौंमा बागमती युथ क्लब, नवौंमा कर्णाली र पुच्छरमा सुदुरपश्चिम प्रदेश रहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment