pokhara news

बाग्मती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त

काठमाडौ – साउन १६
राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशका प्रमुख नियुक्त गर्नुभएको छ ।
सरकारको सिफारिशअनुसार राष्ट्रपति पौडेलले बाग्मती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपतिले आजै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिनुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले आज सिग्देललाई कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ ।
अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आउँदो भदौको २४ गते सकिने भए पनि एक महिनाअघि नै बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर