बाढीपहिरो ः काठमाडौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता
असोज– १२,काठमाडौ ।
मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ ।
दिउँसोसम्म काठमाडौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । १२ जना बेपत्ता रहेका छन् ।
कठमाडौ उपत्यकामा बाढीमा फसेका एक हजार ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पु¥याएको छ । बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।
मकवानपुरमा ज्यान गुमाउनेहरुमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जना विद्यार्थी रहेका छन् ।
हिजो कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित ठाउँतर्फ जानेक्रममा उनीहरु बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो ।
कुलेखानी बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment