बालशिक्षा निकेतनद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
कात्तिक १६, वालिङ ।
स्याङ्जाको वालिङ ११ गव्देमा रहेको बालशिक्षा निकेतन आधारभूत विद्यालयले जनचेतनमूलक सडक नाटक प्रदर्शन गरेको छ । विद्यालयले आज कागती भञ्ज्याङमा लागु पदार्थ सेवनले पार्ने असर सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश अर्थ समितिका सभापति भोजराज अर्यालले लागु लागु पदार्थ सेवन जस्तो दुव्र्यशन सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शनले समाज सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक र शैक्षिक क्षेत्रमा लागु पदार्थको नकारात्मक प्रभावलाई सजिवरुपमा नाटक प्रस्तुति गरिनु सराहनीय रहेको गण्डकी प्रदेश अर्थ समितिका सभापति अर्यालले बताउनुभयो ।
समाजमा विकरालरुपमा फैलिरहेको लागु लागु पदार्थ सम्बन्धी विकृति न्युनिकरणमा सहयोगी हुने उहाँको भनाई छ । एक फरक प्रशङ्ग जोड्दै अर्थ समितिका सभापति अर्यालले वडा नम्वर ११ को पेखु क्षेत्रको आधारभूत आवश्यकताका बारेमा आँफू जानकार रहेको उल्लेख गर्नुभयो । यहाँको मुख्य समस्या खानेपानी हो, केही प्रयासहरु भए पनि अझ व्यवस्थित हुन बाँकी छ । यसका लागि सकेसम्म यो आर्थिक वर्षमा नै सम्वोधन गर्न आँफू प्रतिवद्ध रहेको उहाले व्यक्त गर्नुभयो ।
सडक नाटकमा लागु पदार्थ सेवनले धन सम्पत्तिको नास हुनुकासाथै बिभिन्न रोगको शिकार बन्ने र इज्जतको पनि नहुने विषयलाई समेएिका थिए । विशेषगरी समाजमा व्याप्त दुव्र्यशनलसँगै विकृतिकारुपमा रहेको लागु पदार्थ सेवन जस्तो नकारात्मक प्रभावलाई समाजबाट हटाउनुपर्नेमा नाटकले जोड दिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment