बाह्रबिसे मेलाले निरन्तरता लिने सङ्केत
चैत २४, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित परम्परागत बाह्रबिसे मेलाको उल्लेख्यरुपमा अवलोकन गरिएको छ ।
वालिङ १३ स्थित आँधीखोलाको छेउमा रहेको भट्टेचौरमा चैते दशैंको रामनवमीका दिन बाह्रबिसे मेला लागेको हो । धेरै समय रोकिएको बाह्रबिसे मेला वालिङ ९ र १३ का युवाहरुको सक्रियतामा सुचारु गरिएको हो । युवाहरुले बाह्रविसे संस्कृति संरक्षण समितिद्वारा मेलालाई गतवर्षदेखि सुचारु गरेका हुन् । यस पटकको मेलामा निकै भीड लागेको थियो । अहिलेको उत्साहजनक उपस्थितिले बाह्रबिसे मेलाको निरन्तरता खोजेको स्पष्ट पारेको छ । योसँगै बाह्रबिसे मेलाले निरन्तरता लिने सङ्केत गरेको छ ।
मेलाको शुभारम्भ गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले बदलिदो समयसँगै हराएको बाह्रबिसे मेलाको मौलिक परम्परालाई निरन्तरता दिने उद्देश्यले पुनः सुचारु गरिनु सराहनीय रहेको बताउनुभयो । उहाँले परम्परालाई साङ्गीतिक कार्यक्रमसहित नयाँ तरिका अपनाइएको र यसका लागि नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय उत्पादनको बजारीकरण तथा धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको बाह्रबिसे बजारलाई निरन्तरता दिनका लागि युवाहरुले देखाएको जागरुकता निकै सराहनीय रहेको नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो । पहिचान र संस्कृतिसंग जोडिएका यस्ता मेलाको प्रर्वद्धनका लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाई छ ।
मेलाले स्थानीय उत्पादन, परम्परा, र आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मेलाको अर्को विशेषता भनेको यहाँ माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन रहेको थियो ।
मेलामा स्थानीय उत्पादन आलुका परिकारहरु, सेल रोटी, बट्टाका अचारकोसमेत विक्रि गरिएको थियो भने राष्ट्रिय कलाकारका प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । मेलामा राष्ट्रिय कलाकारहरु श्याम राना, नेत्र खडका, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौडेलको प्रस्तुति रहेको थियो । नृत्यकार अस्मिता रनपाल, गायिका प्रतिमा गैह्रे, संस्कार गैह्रे, नव प्रतिभा सुर्वी श्रेष्ठ, जस्मिन थापा, दिपा रनपाल, निस्मा खनाल, सविता डुम्रेको आकर्षक नृत्यसहितको प्रस्तुति रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment