बिरुवामा सातौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु
वालिङ, १४ मङ्सिर–स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराकासाथ आज आईतबारदेखि ७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका छन् । प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० र ३ हजार मिटर दौड प्रतियोगिता, १६०० र ४०० मिटर रिले दौड, सर्टफुट, ज्याब्लिङ थ्रो, लङलम्प, हाईजम्प र त्रिपल जम्पलगायतका खेलहरु हुनेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले राष्ट्रपति रनिङ शिल्डलाई पालिकाले निरन्तरता दिईरहेको र यस्ता प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो खेल प्रतिभाहरु प्रष्फुटन गर्न पाउने बताउनुभयो ।
स्वस्थ नागरिक उत्पादनका लागि पनि यस्ता खेलकुद प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गर्दै अध्यक्ष कुँवरले खेलले शारीरिक, मानसिक र शैक्षिक क्षेत्रको अभिवृद्धि गर्न टेवा पुग्ने व्यक्त गर्नुभयो । पालिकामा उत्कृष्ट भएका खेलाडीहरु जिल्लामा, जिल्लामा उत्कृष्ट भएका प्रदेश हुँदै केन्द्रसम्म पनि खेल खेल्ने अवसर प्राप्त हुने भएकाले विद्यार्थीहरुलाई अनुशासित रुपमा आफ्नो खेल प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार, २० हजार, १५ हजार र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गाउँपालिकाको ८ नम्वर वडा भुरुङचौकीस्थित पुष्प खेलमैदानमा सञ्चालन गरिएको खेलकुद प्रतियोगिताको संयोजन भुरुङचौकी माध्यमिक विद्यालयले गरेको छ । स्थानीय खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिता १६ गते सम्पन्न गरिने छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment