बिरुवामा सामाजिक सुरक्षा कार्यक्रममा कर्मचारीहरुलाई अनिवार्य आवद्ध गरिने
वालिङ–२६, पुस ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य आवद्ध गर्ने भएको छ ।
गाउँपालिकाका सबै विद्यालयमा कार्यरत कर्मचारी, शिशु शिक्षिका, कार्यालय सहयोगी र कार्यालयमा कार्यरत करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा यही माघ महिनादेखि अनिवार्य लागू गरिने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्नका लागि अन्तरक्रियासमेत गरिसकेको छ । फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी र सामाजिक सुरक्षा कोष कार्यालयका प्रवक्ता कृष्ण अधिकारीको सहजीकरणमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
यसका लागि नेपाल सरकारले तोकेको आधारभूत तलवको ६०% लाई (रु.१२१७०) आधार मानी २०% पालिकाबाट र ११% योगदानकर्ताको तर्फबाट गरी मासिक ३१% सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ । अब देखि औपचारिक क्षेत्रमा कार्यरत सबै शिक्षक कर्मचारीहरुलाई सो कार्यक्रममा आवद्ध गर्नका लागि अनिवार्य गरिने गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम २०८२ माघ महिना बाट लागू हुनेछ । यसैगरी गत आ.व.२०८१÷०८२ बाट अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक हरुलाई सामाजिक सुरक्षा कार्यक्रममा गाउँपालिकाले आवद्ध गरिसकिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment