बिरुवाले ग¥यो शिक्षक–विद्यार्थी प्रतिभा पहिचान
गोपाल जिटी
वालिङ–२५, पुस ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले शिक्षक विद्यार्थी प्रतिभा पहिचान गरेको छ । गाउँपालिकाले प्रतिभा पहिचान अन्तर्गत शिक्षक तथा विद्यार्थी वक्तृत्वकला प्रतियोगिता विहिबार सञ्चालन गरेको हो ।
प्रतिभा पहिचान अन्तर्गत शिक्षकतर्फ १ नम्वर वडाको नवज्योति माध्यमिक विद्यालयका सुनमायाँ गुरुङले प्रथम स्थान हासिल गर्नुभएको छ । यसैगरी ६ नम्वर वडाको जनप्रिय माध्यमिक विद्यालयका बिनोद लम्साल द्वितीय हुनुभएको छ भने ४ नम्वर वडाको भविष्य निर्माण माविका ओमबहादुर थापा र ५ नम्वर वडाको किचनास आधारभूत विद्यालयका दुर्गाप्रसाद भण्डारीले सान्त्वना स्थान ल्याएका छन् ।
यस्तैगरी विद्यार्थीतर्फ १ नम्वर वडाकै नवज्योति माविका पूजा पौडेल, ८ नम्वर वडा भूरुङचौकी माविका विश्वास खत्री, ४ नम्वर वडाको भविष्य निर्माण माविका पर्वत पोख्रेल, २ नम्वर वडाको जामुनेडाँडा माविका सुस्मिता गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले विषयगत पढाई र सिकाईसँगै गरिएका अतिरिक्त क्रियाकलापले व्यक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गाउँपालिकाले समृद्ध बिरुवा सुखी बिरुवावासीको नारालाई आत्मसाथ गर्दै अगाडि बढ्नेक्रममा यस्ता रचनात्मका कार्यक्रमहरुलाई प्राथमिकता दिएको अध्यक्ष कुँवरले व्यक्त गर्नुभयो । शैक्षिक उन्नयनसँगै खेलकुद, वक्तृत्वकला एवम् विविध कार्यक्रम मार्फत क्षमता विकासका लागि गाउँपालिका सधै साथमा रहेको उहाँको भनाई छ । प्रतिभा पहिचान कार्यक्रममा विभिन्न स्थान हाँसिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई बधाई दिदै सहभागी सम्पूर्णलाई अध्यक्ष कुँवरले धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी आ–आफ्नो व्यक्तित्व विकास गर्न शिक्षक तथा विद्यार्थीहरुले महत्व दिएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment