pokhara news

बिरुवा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी अन्तरक्रिया

वालिङ, चैत्र—१० ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा सामाजिक सुरक्षा कोष अन्तर्गत योगदानमा आधारित सामाजिक सुरुक्षा कार्यक्रमसम्बन्धी अन्तरक्रिया गरिएको छ । 
“असल श्रम सम्बन्धको आधार, सामाविक सुरक्षा र रोजगार” भन्ने मूल नारासहित सामाजिक सुरक्षाकोष, योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले विषयवस्तुको जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सुरक्षा कोष के हो ? र योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना किन आवश्यक छ भन्ने सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।
सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेहरुका लागि स्वास्थ्य सेवा, रोजगारी, श्रमिकको योगदानका आधारमा पेन्सन सुविधालगायतका क्षेत्र समेटिएका हुन्छन् । आवद्ध हुनका लागि आवश्यक कार्यविधी बनिसकेको छ, सोहि अनुसार आवद्धता जनाएर सुविधाको हिस्सेदार बन्न सकिने छ ।
यसैगरी फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले आफ्नो अनुभवसहितको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले आउँदो नयाँवर्षसँगै योगदानमा आधारित सामाजिक सुरुक्षा कार्यक्रममा सहभागी हुनेगरी आज आइतबार गाउँकार्यपालिकाको कार्यालयमा अन्तरक्रिया गरिएको जानकारी गराउनुभयो । यसअघि नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्झौता गरिसकेको र सो अनुसार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष ५ लाख बजेट विनियोजन गरेर सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । पालिकाको कार्यक्रम सफलताको लागि वडा अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहने हुनाले आ—आफ्नो वडामा लाग्न अध्यक्ष कुँवरले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि कार्यविधी बनाएर छलफलमा ल्याएर लागिएको हो । अब लगतै १५ दिने सूचना जारी गरेर यो आउने नयाँ वर्षदेखि नै लागु गर्नेगरी काम अगाडि बढ्ने छ । यसमा वडा अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहने हुनाले सबै वडा अध्यक्षहरु आ—आफ्नो वडामा लाग्न आग्रह गर्दछु ।”
गाउँकार्यपालिका सदस्य, कर्मचारीहरु र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुबीच अनुदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर