बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन रोक, हिउँदेखोलामा मर्मतको काम चल्दै
साउन ९, बुटवल
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि मर्मतको काम भइरहेको छ । सकेसम्म छिट्टै काम सकेर भोलिदेखि नै पूर्णरुपमा खुलाउने तयारी रहेको उहाँको भनाइ छ । बाटो बन्द गरिएको समयमा अत्यावश्यक गाडीले मर्मतको काम भइरहेको ठाउँमा खटिएका प्राविधिकसँग बुझेर यात्रा गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको काम हुँदै आएको छ । त्यहि ठाउँमा दुई वर्ष अघि पनि सडक भासिएर एक हप्तासम्म गाडी चलाउन समस्या भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment