भीरकोटमा टुक्रे योजना कटौति
असोज २७, स्याङ्जा ।
स्याङ्जाको भीरकोट नगरपालिका टुक्रे योजना कटौतिमा लागेको छ । थोरै रकम छुट्याएर स—साना योजनाहरुमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजना कटौतिमा लागेको हो ।
स—साना योजनाहरुमा थोरै रकम खर्चेर गरिएका कामबाट उपलव्धी नदेखिने भएकाले टुक्रे योजना कटौतिमा लागिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी गराउनुभयो । यसकासाथै वडाको बजेटलाई पनि सकेसम्म देखिने काममा खर्च गर्न अनुरोध गरिएको छ । त्यस बाहेक नगर स्तरीय बजेटलाई टुक्रे योजनामा खर्च गर्न नपाइनेगरी यो आर्थिक वर्ष काम गरिने नगर प्रमुख कर्माचार्यले स्पष्ट पार्नुभयो । आँफूहरु निर्वाचित भएर आएको पनि साढे दुईवर्ष भैसक्यो, अब देखिने काम गर्ने चाहना राखेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “अब देखिने काम गर्नुपर्छ भन्ने चाहना नगरले राखेको छ । हामी निर्वाचित भएर आएको पनि साढे दुईवर्ष भैसक्यो । त्यसैले केही देखिने काम गर्नुपर्छ भन्ने हिसाबले नगरले वडाको सिलिङ बाहेक हरेक वडालाई थप बजेट छुट्याएका छौं । भूगोल र आवस्यकताका आधारमा बीसदेखि तीस लाखसम्म छुट्याइएको छ र यसलाई देखिनेगरी काम गर्न चाहन्छौं ।”
वडाले पाउने सिलिङ आफ्नो ठाउँमा छ । टोलहरुको आवस्यकताका आधारमा नै वडाले गर्छ । नगरले छुट्याएको थप बजेट सडकमा खर्च गर्न भनिएको छ । किनकि भीरकोटका वडाहरुमा सडक व्यवस्थापन पहिलो आवस्यकता हो ।
नगर प्रमुख कर्माचार्यले भन्नुभयो—“बीस लाख छुट्याइएकोमा सकेसम्म एउटै योजनामा खर्च गर्नुपर्ने भनेका छौं । तर आवस्यकता र प्राथमिकताका आधारमा दश÷दश लाखगरी दुइवटासम्म योजनाको काम गर्न सकिने छ । तीस लाख विनियोजन भएका वडाले पनि सकेसम्म एउटै योजनामा काम गरोस, ताकि गरेको काम भएको देखियोस् । यसमा पनि त्यस्तो अति आवस्यक भएमा दश÷दश लाखको काम गर्न सकिने भनिएको छ ।”
टुक्रे योजनालाई प्राथमिकता नदिऔं, देखिने केही काम गरौं भन्ने हिसाबले अगाडि बढिरहेको जानकारी गराउनु चाहन्छु उहाँले भन्नुभयो । यसो गर्दा वडाहरुमा देखिने काम हुनेभयो भनेर वडा अध्यक्षहरुले पनि खुसी व्यक्त गर्दै उत्साही बनेको नगर प्रमुख कर्माचार्यले बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment