भीरकोटमा नगर बालमैत्री दिवस २०८१ सम्पन्न
फागुन २२, वालिङ ।
स्याङ्जाको भीरकोट नगरपालिकाले नगर बालमैत्री दिवस २०८१ विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालय एवम् शिक्षक सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम गरी नगरपालिकाले बालमेत्री दिवस सम्पन्न गरेको हो ।
समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् साम्सद मेखलाल श्रेष्ठले भीरकोट नगर बालमेत्री भएपछि बालबालिकाहरुमा धेरै परिवर्तन आएको बताउनुभयो । बालमैत्री घोषणा भएपछि नगरपालिकाले विद्यालय र बालबालिकामैत्री कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढेकाले आज उनीहरुको शिक्षाको स्तर र अतिरिक्त क्रियाकलापमा प्रगति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज पठनपाठनमा राम्रो गरेकाले विद्यालय र शिक्षकहरु सम्मानित हुनुभएको छ । यसैगरी बालबालिकाहरु पनि पुरस्कृत भएका छन् । यो अत्यन्त राम्रो र सराहनीय छ ।” आगामी दिनमा विद्यार्थीहभीरकोटमा नगर बालमैत्री दिवस २०८१ सम्पन्न
फागुन २२, वालिङ ।
स्याङ्जाको भीरकोट नगरपालिकाले नगर बालमैत्री दिवस २०८१ विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालय एवम् शिक्षक सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम गरी नगरपालिकाले बालमेत्री दिवस सम्पन्न गरेको हो ।
समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् साम्सद मेखलाल श्रेष्ठले भीरकोट नगर बालमेत्री भएपछि बालबालिकाहरुमा धेरै परिवर्तन आएको बताउनुभयो । बालमैत्री घोषणा भएपछि नगरपालिकाले विद्यालय र बालबालिकामैत्री कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढेकाले आज उनीहरुको शिक्षाको स्तर र अतिरिक्त क्रियाकलापमा प्रगति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज पठनपाठनमा राम्रो गरेकाले विद्यालय र शिक्षकहरु सम्मानित हुनुभएको छ । यसैगरी बालबालिकाहरु पनि पुरस्कृत भएका छन् । यो अत्यन्त राम्रो र सराहनीय छ ।” आगामी दिनमा विद्यार्थीहरुको पढाईसँगै उनीहरुको रुचि अनुसारका अतिरिक्त क्रियाकलापहरुमा सरिक गराई उनीहरु समुन्नत भविष्य निर्माणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा ंएसइइमा राम्रो प्रतिशतसहित उत्तिर्ण गराउन सफल विद्यालय एवम शिक्षकहरुलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । यसैगरी बालमैत्री कार्यक्रम अन्तर्गत नगरपालिकाले आयोजना गरेका विविध कार्यक्रमहरुमा विभिन्न स्थान ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा विविध कला एवम् नृत्य प्रस्तुत गरिएको थियो ।
रुको पढाईसँगै उनीहरुको रुचि अनुसारका अतिरिक्त क्रियाकलापहरुमा सरिक गराई उनीहरु समुन्नत भविष्य निर्माणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा ंएसइइमा राम्रो प्रतिशतसहित उत्तिर्ण गराउन सफल विद्यालय एवम शिक्षकहरुलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । यसैगरी बालमैत्री कार्यक्रम अन्तर्गत नगरपालिकाले आयोजना गरेका विविध कार्यक्रमहरुमा विभिन्न स्थान ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा विविध कला एवम् नृत्य प्रस्तुत गरिएको थियो ।

Leave A Comment