pokhara news

भीरकोटमा महिलाहरुलाई मादल बजाउने तालिम

वैशाख १०, वालिङ ।
स्याङ्जाको भीरुकोट नगरपालिकाले महिलाहरुलाई सीपसँग जोडिन मादल बजाउने तालिम सञ्चालन गर्दैको छ । नगरपालिकाले महिलाहरु सीपसँग जोडिनका लागि मादल बजाउने सम्बन्धी ५ दिने तालिम सञ्चालन गरेको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरपालिकाका वडाका आमा समूहलाई मादल बजाउने तालिम प्रदान गरेको हो । योसँगै ७ र ६ गरी दुई वडामा तालिम सम्पन्न गरिएको छ ।
तालिमको समापन गर्दै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले हाम्रा गाउघरको परम्परा एवम् संस्कृति संरक्षणमा यो तालिमले टेवा दिने बताउनुभयो । नगर प्रमुख कर्माचार्यले धार्मिक तथा विभिन्न कार्यक्रमहरुमा मादल एक वाद्यवादकका रुपमा प्रयोग हुनेहुँदा र मौलिक परम्परा जगेर्ना गर्न तालिमले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसकासाथै महिला दिदी बहिनीहरु सीपमूलक कार्यमा जोडिने उहाँले उल्लेख गर्नुभयो । नगरका विभिन्न टोलबासीहरुको माग र आवश्यकताका आधारमा यस्ता सीपमूलक तालिमहरु नगरपालिकाले प्रदान गर्दैजाने उहाँको भनाई छ ।
यससैगरि नगरपालिकाका नगर उप प्रमुख भगवती रेग्मी अर्यालले वडाको प्रत्येक टोलमा जाँदा महिलाहरुबाट मादल बजाउने तालिमको माग आएको हुँदा यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । 
१० गते बुधबारदेखि ५ नम्वर वडामा सुरु गरिने छ भने ३ र ८ नम्वर वडामा पनि तालिम सञ्चालनको तयारीमा रहको उप प्रमुख अर्यालले जानकारी गराउनुभयो ।
मादल बजाउने तालिमको सहजिकरण श्याम जिटीले गर्नुभएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर