भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
वालिङ,१९ मङ्सिर ।
स्याङ्जाको भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरू भएको छ । भीरकोट खेलमैदान, बयरघारीमा सुरू भएको प्रतियोगितामा १२ सामुदायिक र ५ संस्थागत गरी १७ वटा विद्यालयको सहभागिता रहेको छ । सहभागी विद्यालयका विद्यार्थीहरूले २२ पदकका लागि प्रतिस्पर्धा गर्नेछ्न् ।
कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख गोविन्द कर्माचार्यले खेलकुद प्रतियोगिता व्यवस्थित र अनुशासित तरिकाले सञ्चालन गर्न सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नो विद्यालय र पालिकाको नाम राख्ने गरेर खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो । आगामी वर्ष क्रीकेट र फुटबल प्रतियोगिता पनि समावेश गरिने नगर प्रमुख कर्माचार्यले जानकारी गराउनुभयो ।
प्रतियोगितामा ट्रयाक तर्फ ८, फिल्डतर्फ ५ र भलिबल र कबड्डीगरी १५ खेलमा प्रतिस्पर्धा हुने सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ व्यवस्थापन समितिका संयोजक एवम् नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो । विद्यार्थीहरूको मार्च पास र भाग्योदय मा.वि. को पञ्चेबाजा सँगै सुरू भएको प्रतियोगितामा खेल सञ्चालन कार्यविधी अनुसार गरिने शिक्षा शाखा प्रमुख विष्णुबहादुर भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब १ हजार जना विद्यार्थी खेलाडीको सहभागिता हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले विद्यार्थी र शिक्षकहरूलाई विद्यार्थीको क्षमता र योग्यतालाई भरपुर सदुपयोग गरी खेल गतिविधिमा सहभागी हुन अनुरोध गर्नुभयो । खेलकुदले शारीरिक, मानसिक र संवेगात्मक विकास गर्ने भएकाले अनुशासित भएर खेलमा सहभागी हुन उहाँको सुझाव छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment