भुटानको पारो फुटबल क्लब काठमाडौमा
साउन–२६,काठमाडौ ।
भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीको टिमले पारो फुटबल क्लबका खेलाडीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पारो एफसी यो पटक प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ ।
होन्डाले तीन पटक विश्व कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ । होन्डा मात्र होइन यो पटक पारोले १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।
गएको वर्ष पनि पारो एएफसी कप छनौट खेल्न नेपाल आएको थियो । गएको वर्ष मच्छिन्द्र क्लबसँग पराजित भएको पारेले यस वर्ष चर्च ब्वाइज युनाइटेड क्लबसँग आउँदो मंगलवार दशरथ रङ्गशालामा खेल्दैछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment