भेषजराज साहित्य प्रतिष्ठानको ७५ औं शृङ्खला
साउन १९, स्याङ्जा
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले नियमित रचना वाचनको ७५ औं शृङ्खला सम्पन्न गरेको छ । “संस्कृति, भाषा, कला र साहित्यको संवद्र्धन, भेषजराज साहित्य पतिष्ठानको अभियान” भन्ने मूल नारासहित प्रतिष्ठानले नियमित रचना वाचनको ७५ औं शृङ्खला शनिबार वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रममा समाजसेवी एवम् साहित्यकार चक्रबहादुर पराजुलीले साहित्यले समाजलाई उठाउने र बाटो देखाउने बताउनुभयो । पराजुलीले साहित्यका विविध विधाहरु हुन्छन्, ती हरेका रचनाले समाजलाई उठाउने र बाटो देखाउने सन्देश दिने बताउनुभयो । कविता, गजल, गीत, लेखले समाजको बोली समेटेको हुन्छ, त्यसैले साहित्य समाजको ऐना भएको उहाँले उल्लेख गर्नुभयो । विभिन्न विधामा समय, सन्दर्भ, विभिन्न परिस्थितिजन्य विषयवस्तु एवम् अन्तरनिहित अभिव्यक्तिको कलात्मक प्रस्तुति नै साहित्य भएको पराजुलीले उल्लेख गर्नुभयो । उहाँले यस अवसरमा भेषजराजसँगको सँगत, उहाँको जीवन शैली, विचार र साहित्यप्रतिको लगावको स्मरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले आ—आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा दमकला बगाले कमल बगाले, लेखनाथ काफ्ले, ध्रुव शर्मा पंगेनी, खगेन्द्र अर्याल, कमला अधिकारी, बोधराज न्यौपाने, सीताराम अधिकारी तथा पारेश्वर ग्रैह«ेलगायत थिए ।
प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको संयोजन उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङले गरेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment