भेषजराज साहित्य प्रतिष्ठानको ८३ औं रचनावाचन, प्रतिष्ठानद्वारा रचना सङ्ग्रह प्रकाशन गरिने
चैत्र १६, वालिङ ।
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले ८३ औं रचना वाचन कार्यक्रम गरेको छ । प्रतिष्ठानले आफ्नो नियमित रचनावाचनको ८३ औं शृङ्खला आज शनिबार वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रमका अवसरमा भेषजराज अर्यालका छोरी सावित्री (मिठु) अर्याल पौडेलले प्रतिष्ठानद्वारा स्थापित अक्षयकोषका लागि रु.२१ हजार १ सय २१ (अक्षरेपीः एक्काइस हजार एक सय एक्काइस रुपैयाँ) प्रदान गर्नुभएको छ । योसँगै प्रतिष्ठानको अक्षयकोषमा २ लाख १८ हजार पुगेको प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले जानकारी गराउनुभयो । सचिव ढुङ्गानाका अनुसार प्रतिष्ठानले अक्षयकोषबाट आउने व्याजबाट साहित्कारहरुलाई वार्षिकरुममा भेषजविन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले क्रियाशील साहित्यकारहरुको रचना सङ्ग्रह पुस्तक तयार गरिने जानकारी गराउनुभयो । अध्यक्ष खनालले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमका शृङ्खलाहरुमा सहभागी साहित्यकारहरुका रचना सङ्ग्रह प्रकाशन गरिने बताउनुभयो । सके अगाडि नत्र भने पनि रचनावाचनको सयौ शृङ्खलासम्ममा रचना सङ्ग्रह सार्वजनिक गरिने अध्यक्ष खनालको भनाई छ ।ं यसका लागि साहित्यकारहरुलाई तयारी अवस्थामा रहन अध्यक्ष खनालले आग्रह गर्नुभयो ।
कार्यक्रममा एक दर्जन बढिले आ—आफ्नो रचनावाचन गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment