भेषजराज साहित्य प्रतिष्ठानद्वारा ८८ औं रचनावाचन
भदौ ७, वालिङ ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले ८८ औं रचनावाचन कार्यक्रम गरेको छ । प्रतिष्ठानले आज मोतिराम भट्टको १ सय ६० औं जन्मजयन्तिको अवसर पारेर आफ्नो नियमित रचनावाचनको ८८ औं शृङ्खलाको कार्यक्रम वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी अधिकांशले मोतिराम भट्टको सम्झना स्वरुप उहाँकै सन्दर्भका सिर्जना वाचन गरेका थिए । यसकासाथै आज परेको कुशे औंशी एवम बुवाको मुख हेर्ने दिनका सन्दर्भमासमेत चर्चा गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै मोहिनीशरण प्रतिष्ठानका अध्यक्ष ध्रुवशरण अर्यालले मोतिराम भट्ट नेपाली साहित्य फाँटका विभूति रहेको बताउनुभयो । मोतिराम भट्ट ३० वर्षे अल्पायूमै देहावसान भएपनि नेपाली साहित्य आकाशमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्व भएकाले हामी सबैले उहाँको स्मरण गर्नुपर्ने अर्यालले उल्लेख गर्नुभयो । यसैगरी कुशेऔंशी हिन्दु सनातनीहरुका लागि अर्को महत्व राख्ने दिन भएको उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज काटेको कुश हामीले परम्परादेखि गर्दै आएका विभिन्न कार्यहरुमा वर्षभरी प्रयोग गरिन्छ । जन्म, मृत्यु संस्कार तथा विभिन्न पूजाआजाहरुमा आज काटेको पवित्र कुश प्रयोग गरिने भएकाले कुशे औंशीले विशेष महत्व राख्दछ ।”
यसैगरी औंशी विशेषगरी पितृप्रिय तीथि रहेको अर्यालले बताउनुभयो । कुशे औंशीमा बुवाको मुख हेर्ने दिनकारुपमा मान्ने सन्दर्भमा उहाँले पहिला यस्तो प्रचलन नभएको र कुनै शास्त्रीय भनाई पनि नरहेको बताउनुभयो । कुशे औंशीका दिन आफ्ना पित्रृलाई स्मरण गर्ने परम्परा हो तर जीवित पिताहरुको मुखहेर्ने प्रचलनको विकास पछिल्लो समयमा गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा लेखनाथ काफ्ले, कृष्णप्रसाद अर्याल, विष्णु पङ्गेनी पाण्डे, इन्द्रप्रसाद पाठक डोलराज सुवेदी, दमकुमारी बगाले, प्रेमप्रसाद सुवेदी, पारिश्वर न्यौपाने, वोधराज न्यौपाने, नीलकण्ठ लम्साल, ढालबहादुर केसी, ठाकुरप्रसाद सुवेदी र कमलप्रसाद बगालेलगायतले आ आफ्ना रचनावाचन गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment