pokhara news

भोलिदेखि शनिवार बिहानसम्म मनसुन सक्रीय हुने सम्भावना, पश्चिम क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्नसक्ने

भदौ–२६, स्याङ्जा ।
बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रीय हुने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको हो । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । यसैको प्रभावले भोलि बिहिबार बेलुकादेखि शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रीय भई वर्षा हुने सम्भावना छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्नसक्ने अनुमान गरिएको छ ।
महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर