भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने
साउन ३, काठमाडौ ।
भोलि आइतबार बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावनासमेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरको भनाई छ ।
हिजो शुक्रबारसम्मको अवस्थामा मधेशमासमेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठूलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सिमित ठाउँमा मात्रै हुने उहाँको भनाइ छ ।
भोलि आइतवार र पर्सि सोमवार वर्षा भए पनि सोमवार राति वा मङ्गलवार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले उल्लेख गर्नुभएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठूलो वर्षाको सम्भावना छ । उहाँले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढखण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment