मन्त्रिपरिषद् बैठक : राष्ट्रियसभामा मनोनीतका लागि ओमप्रकाश अर्याल सिफारिस, उठ्न थाल्यो प्रश्न
मन्त्रिपरिषद् बैठकले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको आइतबारको बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा अर्यालको नाम पठाउने निर्णय गरेको हो। संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एक जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ।
तर अहिले पनि गृहमन्त्रीकै जिम्मेवारीमा रहेका व्यक्तिलाई राष्ट्रियसभामा मनोनितका लागि सिफारिस गरिएको विषयले राजनीतिक वृत्तमा विभिन्न प्रश्न र आशंका समेत उठ्न थालेका छन्। सत्ता पक्षले यसलाई संवैधानिक व्यवस्था अनुसारको प्रक्रिया बताइरहेका बेला विपक्षी तथा केही विश्लेषकहरूले भने यसलाई राजनीतिक सन्देशसँग जोडेर हेर्न थालेका छन्।
यसअघि राष्ट्रियसभामा मनोनित सदस्यको पद रिक्त भएपछि सरकारले अर्यालको नाम सिफारिस गरेको हो। सिफारिस स्वीकृत भएमा अर्याल आगामी ६ वर्षका लागि राष्ट्रियसभा सदस्य बन्नेछन्।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment