महिलाको भूमिकालाई सशक्त बनाउन अभिमुखीकरण
चैत्र ६, वालिङ ।
स्थानीय सरकार सञ्चालन तथा बजेटिङमा महिलाको भूमिका सशक्त बनाउन वालिङमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । वालिङ नगर भित्रका महिला जनप्रतिनिधिलाई लक्षित गर्दै स्थानीय शासन, नीति निर्माण र बजेटिङ प्रकृयाको बारेमा महिलाको भूमिका सुदृढीकरण सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
द एशिया फाउण्डेशनको प्राविधिक सहयोग र वालिङ नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रमको सहजिकरण गण्डकी प्रदेश सासंद कल्पना तिवारीले गर्नुभएको थियो । महिला नेतृत्व सशक्त बनाउन यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै सासंद तिवारीले भन्नुभयो, “महिलाहरु नै बजेटिङमा सक्षम हुने हो भने नीति निर्माण प्रकृयामा उनीहरुको स्थान सुदृढ हुन्छ भने महिला मैत्री योजनाहरु प्राथमिकतामा पर्छन् ।”
स्थानीय विकास र समृद्धिको लागि स्थानीय सरकारलाई जवाफदेही बनाउन महिलाहरु सक्षम बन्नुपर्ने वालिङ नगर उपप्रमुख कविता तिवारी (गैह्रे) ले औंल्याउनुभयो । महिला जनप्रतिनिधिले राजनीतिक र लैंगिक चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा स्पष्ट हुनुपर्ने उहाँको भनाई थियो ।
उहाँले महिलाहरुको सशक्त सहभागिता विना दिगो र समावेशी विकास सम्भव नरहेको व्यक्त गर्नुभयो । स्थानीय शासन र बजेटिङमा महिलाहरुको भूमिका मजबुत बनाउन यो तालिम प्रभावकारी रहेको छ । यस्ताकार्यक्रमले उनीहरुको ज्ञान , सीप र नेतृत्व क्षमतामा वृद्धिगर्छ, उपप्रमुख गैह्रेले भन्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले स्थानीय तहमा महिला जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन बजेट नीतिको ज्ञान आवश्यक रहेको बताउनुभयो । जनप्रतिनिधिलाई बजेट निर्माण र प्रकृयाको बारेमा राम्रो ज्ञानभयो भने महिला, बालबालिका एवम् पिछडिएका समुदायको हक अधिकार सुनिश्चित हुने सुवेदीको भनाई थियो ।
द एशिया फाउण्डेशन गण्डकी प्रदेशका संयोजक पूर्ण परियारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment