pokhara news

महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ,वैशाख ११ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो । 
वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यकता भएको उहाँले बताउनु भयो । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताउनु भयो । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उहाँको भनाई छ । 
दीगो उत्पादन  तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताउनु भयो । 
महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनु भयो । महिलाको पहुँच बृद्धि र व्यवहार परिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो । 
चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि आधारशिला सम्बन्त्रधी तीन दिने तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिनुभयो । 
तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गर्नु भएको थियो । 
वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर