महिला उद्यमशीलतामा रामपुरको प्राथमिकता
असार ५, रामपुर ।
पाल्पाको रामपुर नगरपालिकाले महिला उद्यशीलतालाई प्राथमिकता दिएको छ । नगरपालिकाले महिलाहरुलाई उद्यमशील गराउन खादा बनाउने तालिम प्रदान गरेको छ ।उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई खादा बनाउनेसम्बन्धी २० दिने तालिम प्रदान गरिएको हो । तालिम समापनका अवसरमा सहभागी महिलाहरुलाई बुधबार प्रमाण पत्र वितरण गर्दै नगरपालिकाका प्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गर्नुभयो । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । यस अघि सञ्चालन भएका तालिम पश्चात विभिन्न वडामा महिलाहरुले उद्यम व्यवसाय सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । उद्यमीहरुलाई व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको र तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदानसंँगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने व्यक्त गर्नुभयो ।
यसैगरी नगरपालिका उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उद्यमी बनेर अघि बढ्न आग्रह गर्नुभयो । तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको उहाँको भनाई थियो । साथै उहाँले उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घरबाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएकोसमेत जानकारी दिनुभयो ।
तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षक बन्दना राना र निर्मला सारुले सहजिकरण गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment