मातापिता प्रतिष्ठानद्वारा जेष्ठ नागरिक सम्मान
भदौ २४, स्याङ्जा ।
मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाद्वारा जेष्ठ नागरिक सम्मानलाई निरन्तरता दिइएको छ । प्रतिष्ठानले वालिङ नगरपालिका १२, धनमुढाका ८६ वर्षीय रामप्रसाद शर्मालाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।
समाज र समयको विविध उतार चढावको साक्षी बनी ८६ वर्ष लामो जीवन प्राप्त गर्नुभएका स्वसंस्कार, संस्कृति र समाजको संरक्षण संवद्र्धनमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै आरोग्यमय दीर्घ जीवनको शुभकामनासहित शर्मालाई सम्मानपत्र प्रदान गरिएको हो ।
अध्यक्ष श्यामप्रसाद ढुङ्गाना एवम् प्रतिष्ठानका पदाधिकारीहरु शर्माको घरमै पुगी सम्मान गरिएको हो । यसैगरी जेष्ठ नागरिकहरुको योगदानको उच्च सम्मानसहित आफ्ना गतिविधिहरु अगाडि बढाउँदै जाने प्रतिष्ठानले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment