pokhara news

मातापिता प्रतिष्ठान वालिङद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

साउन २६, स्याङ्जा ।
मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वालिङ नगरपालिकाको सहयोगमा प्रतिष्ठानले वालिङका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई शनिबार वालिङमा एक कार्यक्रममा बीच सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान, प्रतिष्ठानको प्रथम साधारण सभा तथा प्रवचन कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका ८४ वर्ष माथिका प्रतिनिधिमूलक रुपमा एक एक जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पछिल्लो समयमा मानवमा नैतिकता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । मानव जीवनमा सेवा र आत्मीय भाव भएन भने समाजमा विकृति र विसङ्गतिको विकास हुने बताउनुभयो । प्रतिष्ठानको उद्देश्य उद्देश्य पूरा गर्नका लागि सबैले हातेमोलो गर्नुपर्ने भन्दै घरमा मातापिता तथा जेष्ठ अभिभावकहरुको सेवा गरिएन भने मन्दिरमा देउता पुज्नुको कुनै औचित्य नहुँने सभापति अर्यालले बताउनुभयो ।
कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजजीले बाल संस्कार, मातापिताप्रतिको कर्तव्यलगायतका विषयमा प्रवचन दिँदै बालसंस्कार सिकाईएन भने धेरै सुधारगृहहरु खोल्नुपर्ने बाध्यता हुने बताउनुभयो । संस्कार र आध्यात्म चिन्तनको अभावले समाजमा विकृति देखा परेको भन्दै यसको जटिलताका विषयमा बेलैमा सचेत हुनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा वडा अध्यक्षहरु वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, ७ का अध्यक्ष पाण्डुकुमार थापा, ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, सम्मानित जेष्ठ व्यक्तिहरुकोे तर्फबाट पूर्व मेयर लालचन्द गैह्रे, बयोवृद्ध तुलसीराम पंगेनी, गायक बुद्धिसागर बस्याललगायतले प्रतिष्ठानको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए ।
सम्मानित जेष्ठ नागरिकहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर