pokhara news

मिडिया काउन्सिल विधेयक छिट्टै ल्याइने—सञ्चार मन्त्री गुरुङ

मङ्सिर १५, वालिङ ।
नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङले अब छिट्टै मिडिया काउन्सिल विधेयक ल्याइने बताउनु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा शनिबार साँझ भएको भेटघाटका क्रममा सूचना तथा सञ्चार मन्त्री गुरुङले अब छिट्टै मिडिया काउन्सिल विधेयक ल्याइने बताउनु भएको हो । मिडिया काउन्सिल विधेयकका सन्दर्भमा क्याविनेटमा गैसकेको र मेकिनिजम बनिसकेकाले अब १ महिनाभित्रै विधेयक ल्याइने सूचना तथा सञ्चार मन्त्री गुरुङको भनाई छ । 
उहाँले भन्नुभयो, “पछिल्लो समयमा अनलाइन मिडियालले धेरै दुःख दिएको छ । यसको नियमन र व्यवस्थापन गर्ने कानून नभएकाले भद्रगोल छ । यसका लागि क्याविनेटमा गैसकेको छ, मेकानिजम बनाइरहेका छौं । एक महिना भित्र मिडिया काउन्सिल विधेयक ल्याउँछौं ।” मिडिया काउन्सिल विधेयक बनेपछि अनलाइन मिडिया हाउसमा पत्रकारहरु मात्रै बस्नेछन् । यसमा सरकारले कुनै हस्तक्षेप नगर्ने एउटा संस्थाकोरुपमा विकास हुने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।
भेटघाटका शिलशीलामा वालिङ नगरपालिकाको अवस्था एवम् आवश्यकता र सिद्धार्थ राजमार्गको सन्दर्भमा सरकारको ध्यान आकृष्ट गराइएको थियो । यस सन्दर्र्भमा मन्त्री गुरुङले तपाईंहरु अगाडि बढ्नुस, संघीय सरकार तपाईंहरुको साथमा रहने विश्वास व्यक्त गर्नुभयो । जहाँसम्म सिद्धार्थ राजमार्गको सन्दर्भ छ, यो विषय संसदमा उठेको छ र विस्तार गर्न भनिएको उहाँले उल्लेख गर्नुभयो । दुई ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठवन्धन देशलाई विग्रन नदिनका लागि बनेको बताउनुभयो । ठूलो सङघर्ष गरेर लोकतन्त्र ल्याएको बताउँदै मन्त्री गुरुङले पटक पटक सरकार बदल्ने र विकृति मौलाउँदै गएकाले देश कमजोर हुँदै गएकाले अब वर्वादिबाट जोगाउनुपर्छ भनेर गठवन्धन गरिएको उहाँले औंल्याउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर