मिलन सहकारीको १६ औं वार्षिक साधारणसभा
पुस—२७, वालिङ ।
स्याङ्जाको वालिङ—१३, बायँटारीमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाले १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दैै राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख टिकाराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्न पालिका स्तरबाट लाग्नुपर्ने बताउनुभयो ।
पालिकास्तरमा दर्ता भएका सहकारीलाई आवश्यक नीति नियम गराई कार्यान्वयन, अनुगमन, सुरक्षण, संरक्षण र आवश्यक परे पालिकाले शाखा प्रमुख अधिकारीले कारबाही सम्म गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञ संघ–संस्थासंँग साझेदारी गरेर काम गर्नुपर्ने, सञ्चालक समिति तथा अन्य समितिले नीति नियमको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । यसैगर ियोजना बनाई कार्यान्वयन गर्ने र समिक्षा गर्नुपर्ने र आवश्यक परे साधारणसभाको वर्तमान पद्धति नै परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । शेयर सदस्यले अधिवेशनलगायत अन्य समयमासमेत सहकारीको अवस्थाको बारेमा जानकारी लिनुपर्ने, बचत गर्नुपर्ने र सहकराीसंँग जोडिएर कारोबार गरेमा नेपालमा देखिएका वर्तमान सहकारीका समस्याहरु नरहने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कफि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष श्यामप्रसाद भण्डारी, वालिङ नगरपालिका वडा नं. १२ का अध्यक्ष विश्वजंँग गुरुङ, १३ का अध्यक्ष नमलाल डुम्रे, १४ का अध्यक्ष बोधराज कुँवर, डा. लेखनाथ पाठक, कार्यपालिका सदस्य भगवती डुम्रे, पूर्व वडा अध्यक्ष आनन्द पाठक, नेपाली कांग्रैस वडा सभापति हेमन्त गैह्रे, जिल्ला बचत संघका सदस्य कृष्णप्रसाद डुम्रेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाये । कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द न्यौपाने, कोषाध्यक्ष दयाराम पराजुली, लेखा समिति संयोजक कपिलदेव न्यौपाने, ऋण उपसमितिका संयोजक हेमप्रसाद गैह्रे, शिक्षा उपसमिति संयोजक नेत्रप्रसाद न्यौपाने, प्रबन्धक मोहनीलाल डुम्रेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश डुम्रेले स्वागत र सञ्चालन सचिव इश्वरीप्रसाद गैह्रेले गर्नुभएको थियो । १ हजार १५ जना सेयर सदस्य रहेको संस्थामा २ करोड ३२ लाख ९१ हजार ५ सय शेयर पूँजी, १८ करोड ३ लाख ६ हजार ४ सय ३० निक्षेप रहेको छ । त्यस्तै कुल कर्जा लगानी १३ करोड ९२ लाख ९३ हजार ४ सय १२ रहेको र नगद तथा बैंकको मौज्दात गरी २१ करोड ५२ लाख ३९ हजार ७ सय ५५ को कूल कारोबार रहेको अध्यक्ष न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीका समस्याहरु नरहने उहाँले उल्लेख गर्नुभयो ।

Leave A Comment