मोवाईल चोरीका आरोपी २ जना पक्राउ
जेठ १६, स्याङ्जा ।
स्याङ्जाका दुईजना युवा मोवाईल चोरीको आरोपमा पक्राउ परेका छन् । स्याङ्जा स्थायी ठेगाना भएका र कास्कीको पोखरा डेरागरी बस्दै आएका युवा मोवाईल चोरीको आरोपमा कास्कीको पोखराबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ । प्रहरीका अनुसार ती युवाले पुतलीबजार ३ मजुवास्थित चुरीकुमारी मल्लको कोठाबाट विभिन्न कम्पनीका गरी ३ थान मोवाईल चोरी गरेको पाइएको हो । रेड्मी कम्पनीको स्मार्ट मोवाईल १, ओप्पो कम्पनीको स्मार्ट मोवाईल १ र भिभो कम्पनीको १ थानगरी ३ थान मोवाईलसहित ती युवाहरु पोखराबाट पक्राउ गरिको हो ।
मोवाईल चोरीको आरोपमा पक्राउ पर्नेहरु आँधीखोला गाउँपालिका ५ चिलाउनी भाटीका २१ वर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका ४ का २४ वर्षीय शाहिल गुरुङ रहेका छन् । यी दुवैजना पोखरा ५ मालेपाटनमा डेरा गरी बस्दै आएका थिए । उनीहरुलाई सम्मानित जिल्ला अदालत स्याङ्जामा म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment