pokhara news

यस वर्ष कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार, मौका परीक्षा भदौ २८ र २९ गते हुने

                                                  फोटो फाईल
साउन–२०, काठमाडौ ।
राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार  भएको छ ।
हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् ।
गएको वर्ष ५२ दशमलव ९१  प्रतिशत विद्यार्थी पास भएका थिए । यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।
सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ । परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५ सय २ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५५ हजार  ८ सय ९६ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन् ।
यसैगरी ६९ हजार ८ सय १२ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २ दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए ल्याएका छन् ।
ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर