pokhara news

युवाहरुलाई प्रमाणपत्र वितरण

साउन २४,वालिङ ः
स्याङ्जाको वालिङमा सञ्चालित तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । किचन सहयोगी (कमी तेस्रा)े  तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालय तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,(सिटुटेक)को संयुक्त आयोजनामा तालिम सञ्चालन भएको हो । 
प्रमाणपत्र वितरण गर्नुहुँदै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो,“सिप सिकेर गरेको जुनसुकै  काममा सफलता मिल्छ,आम्दानी पनि राम्रो हुन्छ ।”विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उहाँको भनाई छ । 
कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा दुख पाईरहेको बताउनु भयो । 
तालिममा विदेशबाट फर्किएका ४० जना युवाहरु सहभागी रहेको सिटुटेकका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । तालिम एक महिना सम्म सञ्चालन भएको थियो । 
तालिममा सहभागि युवाहरुले सिपको अभावमा विदेशमा दुख पाएको गुनासो गरेका थिए । सिप भएकाहरुले राम्रो काम गरेको आँखै अगाडि हेरेर बस्नु परेको भन्दै उनीहरुले सबै युवाले उपयुक्त सिप सिक्नु पर्नेमा जोड दिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर