योग र ध्यान हामी सबैका लागि अपरिहार्य छ—नगर प्रमुख खाँण
असार ७, वालिङ ।
योग र ध्यान हामी सबैका लागि अपरिहार्य भएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभएको छ । आज विश्व योग दिवसका अवसरमा पतञ्जली योग समिति स्याङ्जाद्वारा वालिङमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खाँणले मानव भएर मानवीय व्यवहारमा रहन योग र ध्यान हामी सबैका लागि अपरिहार्य भएको बताउनु भएको हो । विश्वको इतिहासलाई अध्ययन गर्ने हो भने संसारका सफल र ख्याति कमाएकाहरुले कुनै न कुनै समयमा योग र ध्यान गरेको पाइन्छ । त्यसैले योग र ध्यान हामी सबैका लागि अपरिहार्य भएको उहाँको भनाई थियो । नगरप्रमुख खाँणले भन्नुभयो, “हामी सामाजिक कार्यमा होस वा व्यक्तिगत हरेक काममा व्यस्त रहनेहरुका लागि योग र ध्यान अपरिहार्य हुन्छ ।”
आज समाजमा उत्छृङ्खलता मौलाएको छ । शारीरिक र मानसिक स्वस्थतासँगै मानवीयता आवश्यक हुन्छ । अहिले मानवीयता हराउँदै गैरहेकाले समाजमा उत्छृङ्खलता तथा अराजकता फैलिएको छ । मानवीयताका लागि योग अत्यन्त महत्वपूर्ण हुन्छ, उहाँले भन्नुभयो । यसकासाथै योग र ध्यानले मुलुकलाई नै सुधार गर्नसक्ने नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो । हामी अरुलाई मात्र दोष दिन्छौं, सुधार आफूबाट नै गर्नुपर्छ । योग र ध्यानमा लाग्नेहरुको व्यवहार र रचनात्मक कार्यले समाजलाई राम्रो बाटोमा डो¥याउने काम गरिरहेको महसुस गराएको उहाँले औंल्याउनुभयो ।
शारीरिक तथा मानसिक स्वास्थ्यमा र सामाजिक एवम् धार्मिक क्षेत्रमा योग र ध्यानको महत्वपूर्ण भूमिका रहन्छ । अनुशासनसँगै मानवीयतामा डो¥याउने भएकाले योग र ध्यानलाई हामी सबैले अवलम्वन गर्नुपर्ने नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो । यस अवसरमा बाबा रामदेव र बालकृष्ण महाराज प्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, उहाँले भन्नुभयो ।
यस अवसरमा नगरप्रमुख खाँणले ५३ औं पटकको रक्तदानसँगै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा महिला र पुरुष गरी ५३ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।
पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति र पतञ्जली युवा नेपाल योग समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहयोगी संस्थाकारुपमा वालिङ नगरपालिका रहेको थियो । ११ औं विश्व योग दिवसको अवसरमा असार १ गतेदेखि योग सप्ताहव्यापि कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment