pokhara news

योजना पूरा गर्न बजेट कटौतीले दिएन, विभिन्न शिर्षकमा गरी १ हजार ७ सय ६० किसानहरु लाभान्वित

भदौ ५, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा कृषि क्षेत्रमा विनियोजित कूल बजेटको ५६.७१ प्रतिशत खर्च गरेको छ । कृषि प्रवद्र्धन शिर्षक अन्तर्गत कूल १ करोड ३५ लाख विनियोजन भएकोमा ७९ लाख २७ हजार अर्थात ५६.७१ प्रतिशत खर्च भएको नगरपालिकाको कृषि विकास शाखाको तथ्याङ्कले देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा खर्च प्रतिशत केही कम भएपनि भएका कामबाट लाभग्राही किसानहरुमा खुसी पार्न सकिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख केसबहादुर थापा बताउनुहुन्छ । बनाइएका सबै योजनाहरु भने बजेट कटौतीका कारण सम्पन्न हुन सकेनन् । बजेट कटौतिका वावजुद पनि विभिन्न शिर्षकमा गरी १ हजार ७ सय ६० किसानहरु लाभान्वित भएका शाखाका प्रमुख थापाले जानकारी दिनुभयो । 
शाखाको कार्यक्रम र योजनाबाट धानवाली प्रवद्र्धनमा ३ सय ४० जना लाभान्वित भएका छन् भने मकैबाली प्रवद्र्धनमा २ सय ३० र रैथानेवालीमा १ सय ४० जना लाभान्वित भएका छन् । यसैगरी तरकारीमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत ५६ जना किसान लाभान्वित भएका छन् । साना सिञ्चाई निर्माण सहयोग कार्यक्रममा १ सय ६८ र कृषि यान्त्रीकरण एवम् प्रविधिकरणमा ६१ जना लाभान्वित भएका छन् । 
अदुवावालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा ३६ जना लाभान्वित भएका छन् भने माटोको नमुना परीक्षण २५ वटा भएको छ । माटो सुहाँउदो नमुनाखेतीमा ३८ जना र कृषि उत्पादन अनुदान कार्यक्रममा ३९ जना लाभान्वित भएका छन् । यसैगरी स्थलगत प्राविधिक सेवा ५ सय २ जना र ओजेटी विद्यार्थी सहजिकरण १० जनाले गरेका छन् । यसकासाथै १ सय ५० जना किसानलाई सुन्तलाका बिरुवा वितरण गरिएको थियो । कलमी र बिजु गरेर सुन्तलाका ५ हजार ८ सय ७५ बिरुवा वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
यसकासाथै ३१ जना गणक परिचालन गरी नगरपालिकाका १४ वटै वटामा २ हजार ८ सय ३४ घरधुरीको तथ्याङ्क लिइएको छ ।
यसकासाथै यान्त्रिकीकरणलगायत अनुदानका कार्यक्रमहरुबाट किसानहरुलाई खुसी पार्न सकिएको शाखा प्रमुख थापाले बताउनुभयो ।
उहाँका अनुसार समयको माग अनुसार नगरपालिकाले यान्त्रिकीकरणलाई प्राथमिकता दिएको हो । विशेषगरी किसानहरुका लागि हाते टे«क्टर निकै उपयोगी बन्दै आएको छ । आफ्नो रोजाई अनुसारका उपकरण ( टे«क्टर ) खरिद गर्न पाएसँगै किसानहरुले खुसी  पार्न सकिएको हो ।
५० प्रतिशत साझेदारीकासाथै सय प्रतिशतसम्म अनुदानका कार्यक्रमबाट किसानहरु लाभान्वित भएका छन् । नगरपालिकाको कृषि विकास शाखाको वार्षिक कार्यक्रममध्ये १५ वटा शिर्षकमा किसानहरुले सय प्रतिशत अर्थात पूर्ण अनुदान सुविधा प्राप्त गरेका हुन् । 
किसान सुचिकरण, उत्पादन÷क्षेत्रफल तथा विक्रि वितरणमा आधारित प्रोत्साहन कार्यक्रम, कृषि तथ्याङ्क तथा सुचिकरण, प्रयोगशाला सुधार कार्यक्रम अनुगमन मुल्यांकन तथा ब्यबस्थापकीय खर्चमा पूरै अनुदान सुविधा प्रदान गरिएको हो । यसैगरी स्थलगत प्राविधिक सेवा, ओजेटी विद्यार्थी सहजिकरण, कृषि तथ्याङ्क तथा सुचिकरण, रासायनिक मल बिक्री वितरणका लागि सहजीकरण र सिफारिस प्रदान तथा कृषक समूह दर्ता एवम् नविकरणमा किसानहरुले पूर्ण अनुदान प्राप्त गरेका हुन् । वन्यजन्तु क्षति सिफारिस, कृषि सम्बन्धी सिफारिस, व्यवसायिक फर्म दर्ता सिफारिस, माटोको नमुना परीक्षण, अन्य सिफारिस उपलव्ध र सेवाग्राहीहरुलाई सेवा प्रदान गरी १५ वटा कार्यक्रमहरु पूर्ण अनुदानमा गरिएको हो । यस्तैगरी मागमा आधारित साना सिंचाई कार्यक्रममा ८५ प्रतिशत र अरु सबै ५० प्रतिशत साझेदारीमा भएको शाखाका प्रमुख थापाले बताउनुभयो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर