राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी समुद्घाटन
चैत्र ७, स्याङ्जा
स्याङ्जाको राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी भवन समुद्घाटन गरिएको छ । बिरुवा गाउँपालिका वडा नम्वर ३ को राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज विहिबार एक कार्यक्रमसहित समुद्घाटन गरिएको हो ।
नवनिर्मित स्वास्थ्य चौकीको भवन समुद्घाटन गर्दै बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले स्वास्थ्य चौकीबाट उपलव्ध सेवा प्रवाहमा गाउँपालिका नचुक्ने बताउनुभयो । अस्पतालसमा जस्तो सबै सुविधा नभए पनि स्वास्थ्य चौकीले ल्यावसहित आफ्नो मापदण्ड अनुसारका सेवा प्रदान गर्ने विश्वास अध्यक्ष कुँवरले बताउनुभयो । राङभाङ स्वास्थ्य चौकीबाट आसपासमा रहेका तथा पायक पर्ने र छिमेकी पुतलीबजार नगरपालिकामा रहनुहुनेहरुले नागरिकहरुले सेवा लिन सक्नुहुने छ । सबै वडामा रहेका स्वास्थ्य चौकीहरुबाट ल्यावसहितको सेवा दिनुपर्छ भनेर गाउँपालिकाले निर्णय गरेर आज निःशुल्क सेवा उपलव्ध गराउँदै आएका छौं ।
यसका साथै गाउँँपालिकाको ६ नम्वर वडामा अस्पताल सञ्चालनमा लागिएकोसमेत उहाँले जानकारी गराउनुभयो । यसैगरी सडक यातायात तथा पुर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा, कृषि एवम् पर्यटन विकासका क्षेत्रमा गाउँपालिका लागिपरेको अध्यक्ष कुँवरले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले सुविधा सम्पन्न भवनबाट ३ नम्वर वडाबासी र पायक पर्ने सबैले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । यसैगरी ठेकेदार कम्पनीले निर्धारित समय अगावै सम्पन्न गरी हस्तान्तरण गरेकोमा धन्यवादसहित आभार व्यक्त गर्नुभयो । जग्गा उपलव्ध गराउनुहुने र जग्गा उपलव्ध गराउन सहयोग गर्नुहुनेहरुप्रति विशेष आभारी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत पिताम्वर पोख्रेलबाट स्वास्थ्य चौकी भवन निर्माण सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रशासकीय अधिकृत पोख्रेलका अनुसार भवन निर्माणका लागि नेपाल सरकारको विशेष अनुदानमा राङभाङ स्वास्थ्य चौकी भवन निर्माण बिरुवा ३ शिर्षकमा आर्थिक वर्ष २०८०÷०८१ म ८० लाख र आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड १० लाख गरी कूल १ करोढ ९० लाख बजेट बिनियोजन भएको थियो ।
विनियोजित बजेट अनुसार भवन निर्माणका लागि १ करोड ९९ लाख ८३ हजार ३ सय १५ को लागत अनुमानमा ठेक्का आव्हान गरिएको हो । ठेक्का प्रकृया यस अनुसार २०८० फागुन ८ गते रु.१ करोड ३९ लाख १२ हजार ६ सय ८ मा लामागे विल्डर्स प्रालिले भवन निर्माणको जिम्मा लिएर गरेको हो । २०८१ माघ ३० मा सम्पन्न गर्न सम्झौता भएकोमा २०८१ पुस २१ मा सम्पन्न भएको हो ।
स्वास्थ्य चौकी भवनका लागि ३ रोपनी ११ आना १ दाम क्षेत्रफल जग्गा व्यवस्थापन गरेर निर्माण कार्य सम्पन्न गरिएको हो । यसमध्ये स्थानीय दाताहरुबाट २ रोपनी १५ आना निःशुल्क प्राप्त भएको हो । दुई तल्ले नवनिर्मित भवन १६ कोठाको सुविधायुक्त रहेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले सुविधा सम्पन्न भवनबाट ३ नम्वर वडाबासी र पायक पर्ने सबैले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । यसैगरी ठेकेदार कम्पनीले निर्धारित समय अगावै सम्पन्न गरी हस्तान्तरण गरेकोमा धन्यवादसहित आभार व्यक्त गर्नुभयो । जग्गा उपलव्ध गराउनुहुने र जग्गा उपलव्ध गराउन सहयोग गर्नुहुनेहरुप्रति विशेष आभारी रहेको उहाँले बताउनुभयो ।
नवनिर्मित भवन समुद्घाटन कार्यक्रम ३ नम्वर वडा अध्यक्ष मनुकुमारी रानाको अध्यक्षतामा भएको थियो ।



Leave A Comment