रामपुरको बेझाँड बजारमा हाई मास्क लाइट जडान
साउन १६, रामपुर ।
पूर्वी पाल्पाको व्यापारिक केन्द्र बेझाँड बजारमा हाई मास्क लाइट जडान गरिएको छ । बेझाँड बजार चोक क्षेत्रमा हाई मास्क लाइट जडान गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो । बजार क्षेत्रको सुरक्षा सँंगै सौन्दर्यकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विशेष गरी रातीको समयमा बजार क्षेत्रमा आवत जावत सहज गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ति जडान गरिएको नगर प्रमुख थापाको भनाई छ । बजारमा स्वचालित हाई मास्क लाइट जडान गरिएको र उक्त लाइटको विद्युत महशुल नगरपालिकाले भुक्तान गर्नेसमेत उहाँले व्यक्त गर्नुभयो ।
लाइट जडान सँगै रातको समयमा अवेरसम्म पसल व्यवसाय सञ्चालन गर्न र पसलको सुरक्षाका लागि सहयोग पुग्ने वेझाँड बजार चोकका व्यवसायी ढुंगाना स्टोर्सका घनश्याम ढुंगानाले बताउनुभयो ।
रामपुर नगरपालिकाले माग गरे अनुसार उर्जा ,जलस्रोत तथा सिंचाई मन्त्रलाय लुम्बिनी प्रदेश मार्फत ६ लाख रुपैयाँ बराबरको लागतमा लाइट जडान गरिएको हो । १६ मिटर उचाई, प्रति वल्ब ३ सय वाट क्षमता रहेको ८ वटा गरी २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएका छन् । यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ । जडान गरिएको हाईमास्क लाईट गर्मिको समयमा साँझ ७ बजे देखि विहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि विहान ६ बजेसम्म साथै आवश्यकता अनुसार स्वचालित रुपमा बल्न र बन्द गर्न सकिने छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment