रामपुरमा कर्मचारीहरुको लागि अभिमुखीकरण
साउन ९, पाल्पा
पाल्पाको रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण प्रदान गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाइनुकासाथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाद्वारा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको
कार्यक्रममा कर्मचारीहरुले राखेका प्रश्न तथा जिज्ञासा बारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताउनुभयो । नगरलाई वर्तमान अवस्थासम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख थापाले नगरको स्रोत र साधनले भ्याएसम्म सेवा सुविधामा विशेष ध्यान दिदै आएको बताउनुभयो । नगरपालिकाले गत वर्षदेखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो । नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारीहरु रहेको बताउँदै जनताको सेवामा समर्पित भएर अघि बढ्न सुझाव दिनुभयो ।
यसैगरी नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कर्मचारीहरुलाई आचारसंहिता पूर्णरुपमा पालना गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । रामपुर निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो । नगरपालिकामा कार्यरत कर्मचारी मध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमूल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गर्नुभयो ।
यसैबीच नगरपालिकामा करार कर्मचारी मञ्च गठन गरिएको छ । मङ्गलबार बसेको कर्मचारीहरुको भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment